बसन्त कुमार उपाध्याय
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले काँग्रेससँगको समझदारीअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन्।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला ३ दिनको सुदूरपश्चिम बसाईका लागि शुक्रबार धनगढीको आइपुगेका हुन्।
शुक्रबार काठमाडौँ विमानस्थल छिरेका नेता कोइराला सुदूरपश्चिमको यसपटकको यात्रालाई लिएर उत्साहित थिए।
बेलाबेला शिरको कालो टोपी मिलाउँदै सुदूरपश्चिमका काँग्रेस नेता तथा कार्यकर्ताहरुबाट मोबाइलमा कुराकानी हुँदा कार्यकर्ताहरुको स्वागत सुन्दै मुस्कुराइरहेका थिए। करिब सवा घण्टाको हवाई यात्रा सकेर धनगढी विमानस्थलमा उत्रिएका डा.कोइरालालाई काँग्रेस कार्यकर्ताहरुले १५ किलोको माला लगाएर स्वागत गरेका छन्।

पन्ध्रौँ महाधिवेशनका लागि सभापतिको उडान भर्न कम्मर कसेर लागेका डा.कोइराला पार्टी सभापति हुने लक्ष्यका साथ देश दौडाहमा हिँडिरहेका छन्।
डा.कोइरालाले नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनलाई शनिबार उद्घाटन गर्नेछन्।
सुदूरपश्चिमको धनगढीमा काँग्रेसका नेता डा. कोइरालाले ९ जिल्लाबाट उपस्थित भएका काँग्रेसका नेता तथा कार्यकर्ताहरुसँग विषेश भेटघाट र छलफल गर्दैछन्।

धनगढी पुगेका नेता डा.कोइरालाको यो उपस्थितिले काँग्रेसको सिङ्गो सुदूरपश्चिम संगठनमा प्रभाव पार्ने देखिन्छ।
डडेलधुराबाट आएका केशव सिंह भन्छन्, ‘अबको महाधिवेशन समयमै भए डा.शेखर कोइराला निर्विकल्प सभापति बन्नुहुन्छ।’
डा.कोइरालाले काँग्रेसको पन्ध्रौँ महाधिवेन निर्धारित समयभित्रै हुनुपर्छ भन्ने विचार राख्दै आएका छन्। डा.कोइरालाको यस पटकको सुदूरपश्चिम बसाइले सुदूरपश्चिम काँग्रेसभित्र संस्थापन इतर पक्षको प्रभावलाई थप विस्तार गर्ने कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरुको भनाई छ।
नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनमा सहभागी हुन बझाङको मष्टा गाउँपालिकाबाट धनगढी आइपुगेका उत्तमराज जोशी भन्छन्, ‘डा.कोइरालाको सभापति बन्ने चाहनालाई सुदूरपश्चिमले आउँदो महाधिवेशनबाट थप मजवुत बनाउनेछ।’
काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश भएका कारण पनि डा.कोइरालाको सुदूरपश्चिम यात्रालाई सुदूरपश्चिम काँग्रेस कार्यकर्ताहरु माझ अर्थपूर्ण रुपमा लिएको बताउँछन्।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया