बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक बिहान ७ बजेबाट स्वयम्भूस्टार बैकेटमा सुरु भएको हो।
बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठनको समीक्षा र सङ्गठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाइएको छ।
साथै, सङ्गठन सबलीकरण र जागरण अभियान, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय संयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ।
यस सेसनमा केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्यहरूमा केन्द्रीय सङ्गठन विभाग, प्रशिक्षण विभाग एवं प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन्।
यस्तै, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिनेछ ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया