बिएल संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाइनहरू बिच्छाइएका ठाउँहरूमा चाँडै मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका छन्।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौंका अधिकांस ठाउँहरूमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब अन्तिम चरणमा पुगेकाले चाँडै ती लाइनहरूबाट मेलम्चीको शुद्ध पानी बितरण गरिने बताए।
यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाइनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन दिएको बताए।
उनले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरू भत्काइएका र फुटाइएका भएपनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी बितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको गुनासो गरे।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया