बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएकाे भन्दै न्याय दिन माग गरेका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईकाे इजलासमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिइएको समय उनले यस्ताे माग गरेका हुन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले न्यायिक प्रक्रियालाई सघाउन आफू तयार रहेकाे भन्दै बाहिरै बसेर मुद्दा लड्ने आदेश दिन आग्रह गरेकाे बताइएकाे छ।
‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’, उनले इजलासमा भनेका छन्, ‘म न्यायिक प्रक्रियालाई सघाउँछु, मलाई बाहिरै बसेर मुद्दा लड्ने आदेश होस्।’
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। रविसहितकाे आदेश आजै गर्ने सम्भावना छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया