बिएल संवाददाता
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएका जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिजकुमार राईलाई निलम्बन गर्न माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ।
युवराज सफलले तथ्य र प्रमाण हुँदाहुँदै पनि न्यून धरौटीमा लामिछानेसहितका प्रतिवादीलाई छोडेको भन्दै शुक्रबार परिषद्मा उजुरी दर्ता गरेका हुन्। न्यायाधीश राईको भूमिका र चरित्रमाथि गम्भीर अनुसन्धान हुनुपर्ने उजुरकर्ताको माग छ।
सहकारी प्रकरणमा विगतको नजिर, अभ्यास र पीडितको न्यायको प्रश्नमा अदालत चुकेको युवराजको दाबी छ। न्यायाधीशले हचुवामा बदनीयतपूर्ण आदेश गरेकाले हजारौँ पीडित थप अन्यायमा परेको जिकिर गर्दै उजुरीमा मुद्दासम्बन्धी सम्पूर्ण कागजातको सक्कल प्रति झिकाएर छानबिन गर्न माग गरेका छन्।
उजुरीको अन्तिम किनारा नलाग्दासम्म न्यायाधीश राईलाई निलम्बन गरी अदालतको दैनिक काम कारबाहीमा सहभागी नगराउनसमेत न्याय परिषद्लाई आग्रह गरिएको छ।


पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया