बिएल संवाददाता
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० काे परीक्षा तालिका सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले मंगलबार तालिका सार्वजनिक गर्दै परीक्षा चैत ७ गतेदेखि हुने जानकारी दिएकाे हाे।
बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ। पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ(अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी), मदरसातर्फ (अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी) अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)को परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली, १० गते अनिवार्य गणितको परिक्षा हुने छ। त्यस्तै १२ गते विज्ञान, १३ गते सामाजिक अध्ययन, १४ गते ऐच्छिक प्रथम पत्र र १५ गते ऐच्छिक दोस्रो पत्रकाे परीक्षा हुने छ। त्यपछि १९ गतेसम्म प्राविधिक धारतर्फका बाँकी विषयका परीक्षा हुने छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया