बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि भएको भन्दै सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिएको बताए।
उनले लेखेका छन्, ‘आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो। सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ। आज घिउ, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुंगी खाने चलन छ। सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना!!’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया