बिएल संवाददाता
नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार छाड्ने चेतावनी दिएका छन्।
सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा प्रदेश सभाको संसदीय दलको नेतासमेत रहेका उनले सरकारप्रति धेरै असन्तुष्टि व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन्।
तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकारसँग भएका आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पाँच दिनभित्र जानकारी नगराइए कांग्रेस सरकार प्रतिपक्षमा बस्ने र तत्काल सरकार छाड्ने उनले बताएका हुन्।
‘यसै साताभित्र आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाकाबारेमा जानकारी दिन माग गर्दछु,’ संसदीय दलका नेता शाहीले भने, ‘यदि कार्यान्वयन नभएको पाइए पवित्र गठबन्धन गर्नेहरू बस्नुहोला हामी सरकारबाट बाहिर बस्नेछौँ।’
भिडियो–
गत असार १७ गते भएको सहमति अनुसार व्यक्तिको नाम, निजी फर्महरूको नामसहित आएको बजेट कार्यान्वयन नगर्ने, क्रमागत र बहु वर्षीय आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर निर्माण कार्यलाई अघि बढाउने, कृषि, सशर्त, क्रमागत र मर्मत तर्फबाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणतर्फ ३० लाख भन्दा मुनिका योजनाहरू कार्यान्वयन नगर्ने, समपूरक, विशेष र सशर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिकालाई बजेटमा समावेश गर्ने सम्झौता भएका थिए।
उक्त सम्झौता कार्यान्वयन नभएपछि उनले संसदमै आक्रोश पोखेका हुन्।
पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले सरकार छोड्दा कारबाही भोग्न परेपनि आफू तयार रहेको बताए।
दोस्रो भिडियो–
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया