बिएल संवाददाता
तनहुँमा सोमबार एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश ०३-००१प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका-६ चालिसे घर भई हाल व्यास नगरपालिका-५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया