बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार फेरि सुरु भएको छ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बिहीबार जारी बहस नसकिएपछि आज पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको थियो।
लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट बहस हुने छ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सुरु भएको लामिछानेविरुद्ध थुनछेक बहसमा जाहेरवाला पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सुरु गरेका जिल्ला अदालत रुपन्देहीका रजिस्टार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
त्यसपछि लामिछानेका तर्फबाट सुशील पन्त, नारायणदत्त कँडेल, सुनिता राउत, सुरेन्द्र थापा, सञ्जय गोलेलगायत कानुन व्यवसायीले बहस गर्नका लागि नाम टिपाएका छन्।
उनीहरूको बहस सकिएपछि सरकारी वकिलहरूको सवाल जवाफ हुने छ।
बिहीबार वादीका तर्फबाट ८ जना सरकारी वकिलले बहस गरेका थिए। जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका थिए।
सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ र शुुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ। अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया