बिएल संवाददाता
काठमाडौंको टोखास्थित झोरमा चीन जाँदै गरेको ट्रककमा भेटिएको २५ करोडको मालिक पत्ता लागेका छन्।
राजश्व अनुसन्धान विभागको दुई साता लामो अनुसन्धानबाट २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भएका नारायण पौडेल रहेको खुलेको छ।
यसअघि पैसा लुकाएर जाँदै गरेको ना७ख १६५२ नम्बरको ट्रक ट्रकसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका थिए।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार पैसाका मालिक पौडेल टोखामै बस्दै आएका थिए। उनलाई पक्राउका लागि पक्राउ पूर्जी मागिसकिएको स्रोतले बतायो।
लामाको कलडिटेलमा पनि अन्तिमपटक लामा र पौडेलबीच फोन सम्पर्क भएको खुलेको छ। लामाले पनि पौडेलसँग आफू सम्पर्कमा रहेको स्वीकार गरेका विभाग स्रोतले बतायो।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया