बिएल संवाददाता
आउँदो शुक्रबारदेखि हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्।
कृषा चौलागाईं निर्देशित 'पिताम्बर' र सौरभ चौधरीको निर्देशनमा बनेको 'कर्मा' नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन लागेका हुन्।
मल्टिप्लेक्स हलहरूले यी फिल्मको एडभान्स बुकिङ खुलाइसकेका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सनले मंगलबार फिल्मको शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ।
आईएनआई सिनेमाज, विग मुभिजले पनि मंगलबार बेलुकासम्म बुकिङ खुलाइसकेको छ। मल्टिप्लेक्समा 'कर्मा' भन्दा 'पिताम्बर' ले बढी शो पाएको छ।
यी दुवै फिल्ममा दर्शकले रूचाएका कलाकारहरू छन्। 'पिताम्बर' मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्ट आदि कलाकारहरूको अभिनय छ।
याे पनि—
'कर्मा' मा विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी लगायतको अभिनय छ।
'पिताम्बर' र 'कर्मा' दुवै स्टार कलाकार भएको र एक्सन जनरामा बनेका फिल्म हुन्। सोहीकारण पनि फिल्मले कस्तो व्यापार गर्छ धेरैका लागि प्रतिक्षाको विषय छ।
उसो त यसअघि चैत २९ का लागि अर्को फिल्म 'नरसिंहा अवतार' ले पनि प्रदर्शन मिति घोषणा गरेको थियो। सो फिल्म पछि हटेपछि बक्स अफिसमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल भर्सेस विपीन कार्कीबीच प्रतिस्पर्धा हुन लागेको हो।
याे पनि—
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया