बिएल संवाददाता
सामाजिक सञ्जालमार्फत अश्लिल भिडियोहरू सार्वजनिक गरिदिने भन्दै धम्की दिने पूर्वप्रेमीका साथी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ शान्तपुर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी रहेका साइबर ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए।
यो पनि-
पीडित युवतीले आफ्ना प्रेमीलाई आफ्नो गोप्य भिडियो पठाउने गरेकी थिइन्। उनीहरूको सम्बन्ध टुटेपछि प्रेमीका साथी अधिकारीले भिडियो देखाउँदै युवतीलाई ब्ल्याकमेल गर्न थाले।
अधिकारीले युवतीसँग पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्पर्क राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा हालि भाईरल गरिदिन्छु भन्दै धम्क्याउने गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।
नेपाल प्रहरीको साइबर ब्यूरोको प्राविधिक विश्लेषणमा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनी पक्राउ परेका हुन्।
उनीविरुद्ध विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट चारदिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया