बिएल संवाददाता
पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने भएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने बताएका हुन्।
उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ। युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ।’
यसैगरी सरकारले डिजिटल बैंक स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।
‘सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।
यसैगरी सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ। विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने भएको हो।
राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए।
उनले उद्यमशीलतामैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया