बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। बुधबार अख्तियारले बोर्डमा छापा मार्दै आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको हो।
निजी ऊर्जा उत्पादकहरूले आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो। अख्तियार स्रोतका अनुसार आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिएको छ।
निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मान्छे पठाएर हरेक अलविद्युत कम्पनीको आईपीओ निष्कासन गर्दा सर्वसाधारणलाई जारी हुने सेयरको रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरेको निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीहरूले दाबी गरेका छन्।
आईपीओ स्वीकृति क्रममा रहेका ४३ मध्ये ४२ कम्पनीसँग रकम मागिएको दाबी गरिएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया