बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। बुधबार अख्तियारले बोर्डमा छापा मार्दै आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको हो।
निजी ऊर्जा उत्पादकहरूले आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो। अख्तियार स्रोतका अनुसार आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिएको छ।
निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मान्छे पठाएर हरेक अलविद्युत कम्पनीको आईपीओ निष्कासन गर्दा सर्वसाधारणलाई जारी हुने सेयरको रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरेको निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीहरूले दाबी गरेका छन्।
आईपीओ स्वीकृति क्रममा रहेका ४३ मध्ये ४२ कम्पनीसँग रकम मागिएको दाबी गरिएको छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया