बिएल संवाददाता
युरोपेली आयोगले सन् २०२७ को अन्त्य सम्म रुसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ।
आयोगले मंगलबार गरेको यस्तो प्रस्तावलाई धेरैजसो सदस्य राष्ट्रहरूले अनुमोदन गर्ने अपेक्षा गरिएको छ। रूसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्पादन हुने वा निर्यात गरिने पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास प्रतिबन्ध गर्नुपर्ने प्रस्ताव इयुले अघि सारेको हो। यद्यपि हंगेरी र स्लोभाकियाले भने यसको विरोध गरिरहेका छन्।
प्रस्तावमा जनवरी १, २०२६ देखि २०२७ को अन्त्य सम्म नयाँ सम्झौताहरू अन्तर्गत रूसी ग्यास आयातलाई पनि निषेध गरिएको छ।
युरोपेली आयोगका अनुसार प्रस्तावित मुद्धामा अन्य सदस्य राष्ट्रहरुले समेत सहमत जनाउने छन र आधिकारीक रुपमा रुसी इन्धन प्रतिबन्ध गर्न सहज हुनेछ।
यसैबीच, इयुको प्रस्ताबको स्पष्ट विरोध व्यक्त गरेका हंगेरीका विदेशमन्त्री पिटर सिज्जार्तोले सोमबार ऊर्जा नीति राष्ट्रिय सार्वभौमिकताको अंश भएको र प्रस्तावित योजनाले हंगेरीको सार्वभौमिकता र ऊर्जा सुरक्षालाई खतरामा पार्ने बताए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया