बिएल संवाददाता
इरानले खाडी राष्ट्रका अमेरिकी सैनिक बेस क्याम्पहरूमा आक्रमण सुरु गरेको छ। अमेरिकी सञ्चार माध्यमहरूले इरानले कतारको अल उदैद अमेरिकी वायु सैनिक बेस क्याम्प र इराकस्थित सैनिक क्याम्पमा क्षेप्यास्त्र प्रहार गरेको जनाएका छन्। कतारस्थित अल उदैद वायुसैनिक बेसमा भएकाे क्षेप्यास्त्र प्रहारकाे आवाज राजधानी दाेहासम्मै सुनिएकाे थियाे।
यसअघि अमेरिकाले इरानका सबैभन्दा महत्वपूर्ण आणविक प्रशोधन केन्द्रहरूमा आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानले पनि अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो।
खाडीका सामुद्रिक मार्गहरूमा धेरै नौसैनिक बेस क्याम्पहरू छन्। जसको सूची इरानले तयार पारिसकेको छ। खासगरी इराक, बहराइन, कतार, यूएई, साउदी अरब, कुबेत, जोर्डन तथा सिरियाजस्ता राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। यी सबै इरानको ब्ल्यास्टिक मिसाइलको रेन्जमै पर्छन्।
यसअघि इरानका शीर्ष कमाण्डर कसिम सुलेमानीको हत्याको हत्याको बदला लिन यसअघि इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गरेको थियो। त्यो बेला पनि सुलेमानीको हत्या आदेश ट्रम्पले नै दिएका थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया