शुक्रबार, ११ जुलाई २०२५

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी उत्तिर्ण, कसरी हेर्ने नतिजा?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-06-27 19:52:00
News Image
• • •

राष्ट्रिय परीक्षा बोर्डले ०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट सार्वजनिक गरिएको हो। बोर्डका अनुसार ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (उत्तिर्ण) भएका छन्। जसमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन्।

शिक्षक आन्दोलनका कारण यसपाली नतिजा प्रकाशनमा केही दिन ढिला भएको बोर्डले जनाएको छ।

यसपालीको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

कसरी हेर्ने नतिजा?

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?