बिएल संवाददाता
नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल पुगेको छ।
जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले १४.४ ओभरमै भेटाएको थियो। त्यसक्रममा नेपालको एक विकेटको क्षति भयो।
नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रनको योगदान गरे। ३५ बलमा उनले पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए। त्यस्तै शिवान्श बजगाईंले अविजित २३ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा ९० रनमात्रै बनाएको थियो। यो ओभरसम्म उसका सबै विकेट सकिएका थिए।
अब हङकङ र सिङ्गापुर मध्येका एकसँग नेपाल फाइनलमा भिड्नेछ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया