बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुसससहित कार्यालयबाटै पक्राउ परेका अख्तियारले जनायो। उनीहरूले जग्गाको लगतकट्टाका लागि घुस लिएका थिए।
मालपोत प्रमुखले कार्यालय सहयोगीमार्फत घुसको डिलिङ गर्ने गरेको अख्तियारको दाबी छ। घुस रकम पनि कार्यालय सहयोगी राउतबाटै बरामद भएको आयोगले जनाएको छ।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस बार्गेनिङ गरेको सूचना आएपछि अख्तियारले मालपोत कार्यालयमा स्टिङ अप्रेसन चलाएको थियो।
कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल जफत गरेर अख्तियारले अनुसन्धान थालेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया