भारततिर मदिरा तस्करी रोक्न खोजेको प्रहरी टोली र स्थानीय तस्करहरूबीच सप्तरीमा झडप भएको छ। तस्कर र तस्करी हुन लागेको मदिरा नियन्त्रणका लिने क्रममा स्थानीयले आक्रमण गरेपछि प्रहरीले गोलीसमेत चलाउनुपर्यो।
गोली लागेर सप्तरी राजगढ गाउँपालिकाका ३५ वर्षीय लालु यादवको मृत्यु भएको छ। प्रहरीका अनुसार गोली लागेका यादवलाई राति नै अस्पताल लगिएको थियो र त्यहिँ उनको मृत्यु भयो। उनको बायाँ खुट्टामा गोली लागेको थियो।
स्थानीयले भारततिर निकासी गर्नका लागि त्यहाँ ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। त्यो नेपाल-भारतको सिमाना गाउँ हो। भारततिर रक्सी प्रतिबन्धित छ। त्यसैले भारतीयहरू रक्सी पिउनका लागि नेपालका सिमाना गाउँतिर आउँछन् र लुकाइछिपाइ भारततिर पनि रक्सीको तस्करी हुँदै आएको छ।
प्रहरीले त्यहाँबाट ८० कार्टुनजति रक्सी बरामद गरेको छ र एकजनालाई नियन्त्रणमा पनि लिएको छ। अरु मदिरा पनि नियन्त्रणमा लिन खोज्दा स्थानीयसँग भएको झडपमा दुईजना प्रहरी पनि घाइते भएका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया