शनिबार, १८ अक्टोबर २०२५

विपिनको डीएनए परीक्षणः दुई वर्षअघि नै हत्या भएको पुष्टि

News Image
• • •

हमासको नियन्त्रणमा रहेकै बेला मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ।

इजरायलस्थित नेपाली दूतावास स्रोतका अनुसार त्यहाँको सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षण रिपोर्टमा विपिनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको हो। विपिनको प्राकृतिक मृत्यु नभइ हत्या भएको रिपोर्टमा दाबी गरिएको छ।

सोमबार हमासले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)लाई विपिनसहित चार बन्धकको शव बुझाएको थियो। सोमबार नै रेडक्रसले शवहरू इजरायली सेनालाई बुझाएको थियो।

दूतावास स्रोतका अनुसार परराष्ट्र मन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई रिपोर्टबारे औपचारिक जानकारी गराएपछि मात्र रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!