बिएल संवाददाता
सरकारले तत्कालिन केपी ओली सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।
बिहीबार जारी मन्त्रिपरिषद बैठकले राजदूत फिर्ताको निर्णय गर्ने भएको एक मन्त्रीले बताए।
भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहानलाई फिर्ता गर्न लागिएको हो।
त्यस्तै मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललगायतलाई पनि फिर्ता बोलाउन लागिएको स्रोतले बतायो।
राजदूतहरूलाई फिर्ता हुन पत्र पठाइसकिएको र आजको मन्त्रिपरिषदले औपचारिक निर्णय गर्ने स्रोतको भनाइ छ। स्रोतका अनुसार राजदूतहरू स्वदेश फिर्तीको तयारी सुरु गरिसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया