उनले भने, ‘डेढ वर्षपछि केन्द्रिय समितिको बैठक बसेको छ। जति वर्ष पछाडि बसे पनि आज केन्द्रिय समितिको बैठक बसेको छ। सबैको अनुहार आज स्पष्ट देखिएको छ। कसैले विवाद गरेका छैनन् र विवाद गर्नेवाला पनि छैनन्। कोही विवाद गर्ने मुडमा पनि छैनन्। नागरिक उन्मुक्ति पार्टीको विशेषता भनेको यही नै हो। जति च्याँठिएर, चिच्याएर, कस्सिएर आएपनि यो यस्तो प्रतिक हो जो सँधै साथमा भइरहन्छ। दुई चारजनाले फेसबुकमा लेखे होलान, को कहाँबाट परिचालित भए होलान, कुनै मत्तलब छैन। तर पहिचानको श्रीपेच नागरिक उन्मुक्तिसँग मात्रै छ।’
बिएल संवाददाता
- काठमाडाैं