बिएल संवाददाता
नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। होटल हिमालयमा दिउँसो एकबजेदेखि हुने बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित हुने छैनन्।
जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु देउवामाथि कुटपिट भएको थियो। गम्भिर घाइते भएका उनीहरू लामो समय नेपाली सेनाको निगरानीमा औषधोपचारपछि फर्किएका थिए।
बुढानीलकण्ठस्थित देउवाको निजी निवास पनि जलेपछि उनिहरू अहिले ललितपुरमा माइतीको शरणमा छन्। त्यहीँ आराम गरिरहेका देउवा पदाधिकारी बैठकमा उपस्थित नहुने भएका छन्। उनी आफैले बैठक चलाउने भनिए पनि अन्तिम अवस्थामा स्वास्थ्यस्थितिको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई बैठक चलाउन भनेका हुन्।
बैठकमा डा. शेखर कोइराला पनि उपस्थित हुनेछन्। उनलाई पूर्वपदाधिकारीका हैसियतमा बैठकमा बोलाइएको हो। देउवाले पनि डा. कोइरालालाई अक्सर बैठकमा बोलाउने गरेका थिए।
डा. शेखर र दुई महामन्त्रीको समूहले जेनजी आन्दोलनपछि काँग्रेसको विशेष महाधिवेशन माग गर्दै कार्यकर्ताहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। संकलित हस्ताक्षर पार्टी केन्द्रीय समिति बैठकअघि नेतृत्वलाई बुझाउने तयारी छ।
आइतबारदेखि नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। आजको पदाधिकारी बैठकले केन्द्रीय समितिमा छलफल गर्ने विषयहरू तय गर्नेछ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया