
बिएल संवाददाता
इजरायल र हमासबीच दुई वर्षसम्म चलेको भयानक युद्ध रोक्नेबारे दुवै पक्ष सहमत भएका छन्।
हमासले युद्ध अन्त्य गर्न आफ्नो समूह सहमत भएको भन्दै त्यसको अनिवार्य कार्यन्वयनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायहरूलाई समेत आग्रह गरेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई ‘इजरायलको इतिहासमा महान दिन’ भनेर टिप्पणी गरेका छन्। र उनले हमासले छिट्टै नै बन्दीहरू छोड्ने आशा पनि गरेका छन्।
आजै बस्ने इजरायली मन्त्रिपरिषद बैठकले उक्त युद्ध विराम सम्झौता पारित गरेपछि औपचारिकरुपमा यो कार्यान्वयनमा जानेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि अघि सारेका २० बुँदे प्रस्तावहरूमा मध्यस्थतासहित चार दिनसम्म भएको अनौपचारिक वार्तापछि दुवै पक्ष युद्ध बिरामका लागि सहमत भएका हुन्।
यो सम्झौता लागु भएसँगै ७२ घण्टाभित्र बन्धक बनाइएकाहरू रिहा हुन थाल्नेछन्। त्यसअघि २४ घण्टाभित्र इजरायली सेना गाजाको भूमिबाट फिर्ता हुन सुरु गर्नेछन्।
बिपिन जोशी रिहाइको सम्भावना कति?
बुधबार रातिमात्रै इजरायलको एउटा गुप्तचर निकायले बिपिन जोशीको भिडिओ फुटेज सार्वजनिक गरेको छ। यद्यपि त्यो भिडिओ २०२३ मै खिचिएको एउटा अंशमात्रै हो।
यो भिडिओसँगै परिवारले उनी जिवितै रहेको आशा गरेको छ।
२०२३ को अक्टोबर ७ मा हमास र इजरायलबीच युद्ध सुरु भएको थियो। दश जना नेपाली युवाहरू त्यो बेलै मारिएका थिए। र उनीहरूसँगै रहेका बिपिनलाई हमासले बन्धक बनाएको थियो।
यसअघि एउटा अस्पतालको भिडिओ फुटेजमा पनि बिपिन देखिएका थिए। द जेरुसेलम पोस्टका अनुसार त्यसपछिको यो एक नयाँ भिडिओ हो। जसले उनी जिवितै रहेको सम्भावना बढाउँछ।
वाल स्ट्रीट जर्नलले यसअघि लेखेको एउटा समाचारअनुसार बिपिनले आफूसँगै लुकेर बसेका सबैको ज्यान बनाएका थिए। झ्यालसमेम नभएको एउटा कोठामा कैयौं सर्वसाधारण लुकेर बसेका थिए। त्यसैबेला भित्र फालिएका दुई वटामध्ये एउटा ग्रिनेट समाएर बिपिनले बाहिर फालिदिएका थिए। एउटा भने भित्रै विष्फोट भयो र पाँच जना घाइते भए। त्यहीँबाट बिपिनलाई हमासले बन्धक बनाएको थियो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया