रविको थुनछेक बहस सकियो, के आउला आदेश?
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा आइतबार लामिछानेका कानुन व्यवसायीहरू, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र रमणकुमार कर्णले जवाफी बहस गरेका थिए। अब केहीबेरमा थुनछेक आदेश आउनेछ। लामिछानेलाई साधारण तारेखमा छोड्ने वा धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउनेछ।
बिएल संवाददाता - बुटवल