बिएल संवाददाता
साङ्घाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। शनिबार बिहान उनी पाँच दिनका लागि चीन उडेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरेका थिए।
यो औपचारिक पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यसूची छ । उनले त्यहाँ हुने साङ्घाई शिखर सम्मेलनलाई सम्बोधन पनि गर्नेछन्।
त्यस्तै उनले उक्क शिखर सम्मेलनमा भाग लिन त्यहाँ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अरु राष्ट्र प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मालगायत उच्च पदस्थ सरकारी कर्मचारीहरू पनि भ्रमणमा सहभागी छन्।
प्रधानमन्त्रीको यो टोली भदौ १८ गते नेपाल फर्किने छ। त्यसलगत्तै भदौ ३१ मा उनी भारत भ्रमण जाँदैछन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया