नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ।
बिएल संवाददाता - कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ।
बिएल संवाददाता - कञ्चनपुर
गएराति रौतहटमा भएका आगलागीमा करिब दुई करोड बराबरको धनमाल क्षति भएको छ। बैधिमाइ नगरपालिका-५ कोपुवामा भएको आगलागीमा एक करोड ७६ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीनतल्लाको पक्की घरमा आगलागी भएको हो। घरको अन्डरग्राउण्ड गोदाममा विद्युतको तार सर्ट हुँदा आगलागी भएको रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए। उनका अनुसार अन्डरग्राउण्ड गोदाममा रहेका कपडा र चप्पललगायत गरी एक करोडको क्षती पुगेको छ। एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए। सुरक्षाकर्मी, स्थानियवासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक प्रसादले बताए।
बिएल संवाददाता - रौतहट
‘केही दिनमै युद्ध बिराम हुन्छ भन्ने कुनै संकेतहरू देखिएका छैनन्’ उनले भनेका छन् ‘तर हामी चाहन्छौं यो चाँडै होस् र युद्ध समाप्त होस्…।’
बिएल संवाददाता - काठमाडौं
जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ।
बिएल संवाददाता - चितवन
ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्राको तयारी भइरहेको छ। पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण हुनका साथै यात्राकाे तयारी भइरहेकाे हाे। तयार गरिएको रथमा रातो मछिन्द्रनाथको मुर्ति राखेर पूजा गरेपछि औपचारिक रुपमा जात्रा सुरु हुने छ।
बिएल संवाददाता - काठमाडाैं
प्रदर्शनकारीले जिल्ला प्रशासन(सिडियो)कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरुको भनाइ छ।
बिएल संवाददाता - मकवानपुर
उपचारका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल समशेर राणालाई प्रहरीले रिहा गर्ने तयारी गरेकाे छ। गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र सुशासन दिनका लागि एमाले–कांग्रेस एकसाथ मिलेर सरकार गठन गरिएको बताएका छन्। चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पछिल्लो समय जुन हिसाबले सम्पदालाई जोगाउँनुपर्ने हो त्यो नभएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले शुक्रबार बिहान राजीनामा बुझाएका हुन्। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै गृहमन्त्री लेखकले मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
संयुक्त ट्रेड युनियनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई बुझायाे ज्ञापनपत्र बुझाएको छ। ट्रेड युनियनका प्रतिनिधिहरूले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए।
बिएल संवाददाता - हेटौंडा
बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ। यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो।
बिएल संवाददाता - हेटौंडा
डाेटीमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। घटनापछि प्रहरीले खड्कासँगै रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन्। मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
गाउँपालिकाका अध्यक्ष चौधरी माथि बिहीबार मध्यरातको करिब ११:३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए। प्रहरीले घटनास्थलबाट एक थान गोलिको खोका बरामद गरेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .