नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी आचार्य
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ता तोकिएको कार्यालयले शुक्रबार जनाएको छ।
बिएल संवाददाता - काठमाडौं