आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तर्क्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडौं