मङ्गलबार, २१ अप्रिल २०२६

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति?

कालीमाटी तरकारी बजारले शनिबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो। समितिका अनुसार आज ठूलो गोलभेँडा (भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ। रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन्। आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत प्राप्त गरेकी हुन्। उनी प्रेस सेन्टरका हुन्। उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो। काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुद्धा मिलाइदिन अख्तियारमा १ लाख घुस बोकेर गएका अधिकृत पक्राउ

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा रहेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयबाट शुक्रबार पक्राउ परको हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुगुकी महिलाले एकै पटक ६ बच्चा जन्माएकी हुन्? यस्ताे छ तथ्य

विशेष गरेर मेटाको फेसबुकका लाखौँ फलोअर्स भएका ग्रुपमा एक महिला अस्पतालको बेडमा सुतिरहेको र छेउमा ६ बच्चाहरु भएको तस्बिर भाइरल भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसदलाई प्रभावकारी बनाउन धेरै काम गर्न आवश्यक छः सभामुख

सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउने र राज्यलाई निर्देशित गर्ने, कानून निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने गलत भाष्य निर्माण भयो: मन्त्री सिंह

उनले भने, ‘व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ। परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी निष्कर्ष- प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएन

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ।  शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्ताे निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हाे: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालमा पनि लागु गर्न मन्त्रालयको पत्र

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको चिकित्सा शिक्षालाई विदेशमा मान्यता प्रदान गर्न स्वास्थ्यमन्त्रीले थाले पहल

नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भरहेको छ। यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कदमको फलस्वरुप मन्त्रालयले पहल थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले नियुक्त गरे ५ देशका राजदूत

जसमा प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र चीनबीचकाे सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरणमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरुद्ध मुद्दा

उनीसहित सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ,  कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजको फलफूल तथा तरकारीको मूल्य

यसैगरी, कन्य च्याउ १८०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ६० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला १३० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रहरीका ४ प्रदेश प्रमुख फेरिए, को कहाँ पुगे?

गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यरात १० जना डिआइजीको सरुवा गरिएको हो। गृहमन्त्रालयले प्रहरीका ४ वटा प्रदेशका प्रमुखको फेरबदल गरेको छ। जसअनुसार कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख फेरिएका छन्। कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबी सरुवा गरिएको छ। विशेष ब्युरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखमा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकार महासंघको निर्वाचन आज हुँदै

नेपाल पत्रकार महासंघको निर्वाचन आज  हुँदैछ।  शुक्रबार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन्। प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन्। त्यस्तै  देवीप्रसाद सापकोटास्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री कार्यालयले भन्यो- उपत्यकाका नदी किनारामा थप २० मिटरको मापदण्ड कार्यान्वयन नगर्नू

प्रधानमन्त्री कार्यालयले काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर सीमा कायम गर्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिए सपथ

२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरौटी बुझाएर छुट्नासाथ अदालतबाटै पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। बिहीबार जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएर छुट्नासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं