पर्वतको भवानी विद्यापीठलाई चिनियाँ सहयोगको ओइरो
राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताए। त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ। चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उनले लिएका छन्।
बिएल संवाददाता - काठमाडौं