कीर्तिपुरको मेयरमा माओवादीबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं