मधु मरासिनीले पाए अर्थसचिवकाे जिम्मेवारी
मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेपछि निलम्बन गरिएकाे थियो। तर गत शुक्रबार मात्र यस प्रकरणमा उनले सफाई पाएपछि निलम्बन फुकुवा भएकाे हाे। सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको हाे।
बिएल संवाददाता - काठमाडौं