बाढी, पहिरो र अविरल वर्षाका कारण दुई दिनमा १४ जनाकाे मृत्यु
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र अविरल वर्षामा परी हालसम्म १४ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्कअनुसार उक्त विपत्तिमा परी १८ जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - काठमाडौं