मङ्गलबार, २१ अप्रिल २०२६

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी  जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।  प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

नारायणगढ– मुग्लिन सडकका चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ। यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भन् चार वटा निर्माणाधीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन्। दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः कहाँ कहाँ हुनेछ वर्षा ?

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित  हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि आज उडान भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए। उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको अधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आठ दिनअघि कलङ्कीबाट हराएकी स्नेहा पशुपति क्षेत्रमा भेटिइन्

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यात्रु भएर  गृहसचिव विमानस्थल छिर्दा ...

उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन्। यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृहसचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चालु आवको हालसम्म ६ बाघ मृतवस्थामा भेटिए

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अब अतिरिक्त हुलाक खारेज हुन्छन्: मन्त्री शर्मा

‘चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिएको थियो, साउन-भदौबाट हामीले काम पनि सुरु ग-यौँ, एकै पटकमा सबै खारेज गर्ने भन्ने थियो तर सबैको सल्लाहमा क्रमबद्ध रुपमा गरिने भएको हो,’ उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

बुधबार बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने

गृहमन्त्री लामिछानेले ऐनमा संवैधानिक परिषद्का सबै सदस्यहरुलाई बाध्यकारी रुपमा बैठकमा उपस्थित हुनैपर्ने व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, एउटै विद्यालयका ८ जना घाइते

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

अमेरिका पठाइदिन्छु भन्दै एक करोड १८ लाख बढी ठगी, चौधरी पक्राउ

उनका अनुसार चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानुपर्छ भनी भन्दै चारजना पीडितबाट पटकपटक गरी रु एक करोड १८ लाख ५९ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

लक्ष्यभन्दा एक वर्षअघि  नै सुरुङ ब्रेक थ्रु गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए। खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद सुहाङ नेम्वाङले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री

‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्’, प्रधानमन्त्री दाहालले भने, ‘समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला।’ उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी