सिङ्गापुर एयरलाइन्सकाे हवाई तुफानमा परे २० जनाको मेरुदण्डमा गम्भीर चोट, आईसीयू उपचार हुँदै
लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो। ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ। विमानमा सवार यात्रुहरूका अनुसार विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए।
बिएल संवाददाता - काठमाडौं