मङ्गलबार, १३ जनवरी २०२६

टोखामा चाकु दिवस मनाइँदै

नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङ दुर्घटनाः बस पुलबाट २५ मिटर तल खस्दा यति धेरै क्षति किन?  (तस्बिरसहित)

३५ जना सवार बस राती साढे १० बजे दुर्घनामा परेको हो। दुर्घटनास्थल भालुवाङ हो। राप्ती गाउँपालिका–१ भालुवाङ बजार छेउ भएर राप्ती नदी बग्छ। नदी वारपार गर्न पक्की पुल छ।भालुवाङ बजारबाट अघि बढेको बस यही पुलबाट शुक्रबार राती साढे १० बजे पुल छेउको रेलिङ भाँच्दै नदीमा खस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्ध सबै निकायलाई निर्देशन दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्तीको बगरमा अस्ताए १२ जना (नामावलीसहित)

दाङस्थित राप्ती नदीमा बस खस्दा १२ जना अस्ताएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राती साढे १० बजे राप्तीको पुलबाट नदीमा खसेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बझाङमा भूकम्पको धक्का

 बझाङमा भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

जसपाको केन्द्रीय समितिले पारित गर्‍यो महाधिवेशनसम्बन्धी कार्यतालिका

पार्टीका आज बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

डोटीमा धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

दिपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए। गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन। 

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

बिहान ९ बजे चिकित्सकको टोली अपरेसनको तयारीमा जुट्यो। अपरेसनअघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो। त्यसपछि ‘भ्याक्युम डेलिभरी’मार्फत मृत बच्चा बाहिर निकालियो। यद्यपि समयमै अपरेसन भएकाले आमाको ज्यान भने जोगियो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

परराष्ट्रसचिव लम्साल र पाकिस्तानका राजदूत हास्मीबीच भेटवार्ता

परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका विषयमा छलफल भएको पाकिस्तानी राजदूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

वीर अस्पतालमा कसैले तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

उनले भने, ‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ। ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ आउने

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

अबको चार दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने

उनले भने, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले मनायो पृथ्वी जयन्ती (फोटोफिचार)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती  मनाएको छ। काठमाडौँको टुँडिखेलमा जलपान समारोह आयोजना गरी जन्मजयन्ती मनाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशी सुरक्षित हुनुहुन्छ, चाँडै रिहाइ हुनेमा आशावादी छौँ: मन्त्री साउद

‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ। दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ’, उनले भने, ‘पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित हुनुहुन्छ। उहाँ चाँडै रिहा हुनुहुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

नेपाल–भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ: मन्त्री साउद

‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं