एकै रातमा ६ घरमा चोरी
बागलुङमा एकै रात छ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन्।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)