शुक्रबार, २३ अक्टोबर २०२६

पातारासीका सामुदायिक वनमा बेथिति मौलाउँदै

वन संरक्षण, प्रवर्द्धन गाउँको आयस्तर वृद्दि, चोरी निकासी नियन्त्रण, वृक्षारोपणलगायतका उदेश्यले सरकारले वनलाई समुदायमा हस्तान्तरण गरेको थियो। आजभन्दा ६०० वर्ष अगाडि सिंजामा निर्माण भएको जचौरी कुलाको अभ्यासलाई आधार मानी नेपाल सरकारले सामुदायिक वनको अवधारणा अगाडि ल्याएको थियो। जुन देशभर अनुकरणीय बन्दैछ।

महेश नेपाली

महेश नेपाली - जुम्ला

दुर्गा प्रसाईंमाथि हातपात

बिहीबार दिउँसो बागलुङकाे एक कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रसाईंमाथि बागलुङ नगरपालिका-७ लोकतान्त्रिक चोकमा हातपात भएको हो। उनीमाथि हातपात गरेकाे आरोपमा साेही स्थानका ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषि ऐन ल्याउने तयारीमा छौँ: मन्त्री भुसाल

मुलुकमा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउँदै मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छिमेकी देशमा आक्रमण गर्दैछ इरान, पाकिस्तानले पनि गर्‍यो ‘जवाफी आक्रमण’

इरानले पाकिस्तानमा लुकिबसेको ‘इरानी आतंकवादी समूह’को आश्रयस्थलमा आक्रमण गरेको भनेको छ। त्यही जवाफ इरानलाई फर्काउँदै पाकिस्तानले पनि इरानमा लुकेर बसेको ‘पाकिस्तानी आतंकवादी’माथि हमला गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन सकिन्छ: गृहमन्त्री श्रेष्ठ

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील छ भने। उनले भने, ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छोरीको बलात्कार लुकाउन छोराको हत्या, बुबा टिकापुर पक्राउ (भिडियाेसहित)

आफ्ना बुबाबाट आफ्नी बहिनी बलात्कृत भएको सहन नसकी किशोरीका दाइ भरत बुढले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए। बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

ज्यान मार्ने धम्की दिँदै १५ लाख फिरौती माग, तीन जना पक्राउ

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

पुर्खाकै पालामा गुमेको हाम्रो जमिन फिर्ता आउने आशा छ: सांसद चौधरी

उनलाई पुर्खाकै पालामा गुमेको जमिन फिर्ता आउने आशा भने छ। ‘जमिनदारले कागजपत्र खोसेर लगे, हामीसँग अहिले कागज नभए पनि  त्यही घरमा बस्छौँ’, सांसद चौधरीले थपिन्, ‘आफ्नो जमिन पनि कहिले आफ्नै हुन्छ, थाहा छैन, कुनै दिन त होला नि।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनिषाले गरिन् एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

मल्लकालीन ङालाकेगु जात्रा भक्तपुरमा सुरु

मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर –९ सूर्यमढीबाट सुरु भएको छ। नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका फरकफरक २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाकाले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

आजकाे माैसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षा

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काम्लो बेचेर घर खर्च

पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ। काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन्। पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमाया गर्मी याममा निर्माण गरेको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँड्छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

चितवनमा भेटिए ५३ प्रजातिका चरा

सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन्। केही वर्षअघि भेटिएका तर गत वर्ष नभेटिएका यी चरा पुनः भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

चिसो बढेपछि नेपालगञ्जमा दुई दिन विद्यालय बन्द 

चिसो बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दुई दिन विद्यालय बन्द गरिएको छ।उपमहानगरपालिकाले सूचना जारी गर्दै भोलि (बिहीबार) र पर्सी शुक्रबार विद्यालय बन्द गरेको जानकारी दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

ठोरीमा १५ सय गाँजाका बोट फडानी 

पर्साको ठोरी गाउँपालिका–५ स्थित रामनगर र बुद्धनगरमा प्रहरीले १५ गाँजाका बोट फडानी गरेको छ। अवैधरूपमा २ कठ्ठा १० धुर जमिनमा लगाइएको गाँजाका बोट बुधबार इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले फडानी गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

कामदारको पैसा नदिएपछि स्थानीयले कब्जा गरे चुकेनी हाइड्रोकाे डोजर 

ठेकेदारले आयोजना स्थलमा काम गर्न आएका कामदारको रासनपानी स्थानीय व्यापारीबाट लिएका थिए। उधारो खाएको रकम समेत लामो समयसम्म भुक्तानी नगरेको हुनाले स्थानीयले डोजर समातेको चुकेनी सहकारी संस्थाका सदस्य जयबहादुर ऐडीले बताए। 

महेश नेपाली

महेश नेपाली - जुम्ला

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश जारी सरकारकाे निर्णय

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आयोगकाे निर्देशन

निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं