बुधबार, २६ नोभेम्बर २०२५

आजको मौसम यस्तो छ !

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राजावादीका लागि दरबारमार्ग ‘निषेधित क्षेत्र’

प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल घुम्तीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  गणतन्त्र दिवसका दिन शान्ति बाटिकाबाट प्रदर्शन सुरु गरेका राजावादीहरूले अब निरन्तर आन्दोलनको घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी नेतृत्वलाई शेखर कोइरालाको ‘कडा खबरदारी’ (भिडिओसहित)

‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन। हामी सरकारमा छौं तर सत्तामा छैनौं। राज्यको सत्ता बेग्लै कुरा हुन्छ। सरकार बेग्लै कुरा हुन्छ। मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ’ कोइरालाले भने। प्रधानमन्त्री काठमाडौं कब्जा गर्नेजस्ता उत्तेजक भाषण दिँदा पनि काँग्रेस चुप लागेर बसेको उनको आरोप थियो। त्यस्तै उनले आफू फुर्सद नभएको बाहाना गरेर राष्ट्रिय मानवअधिकारको कार्यक्रममा नगएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा भित्रियाे मनसुन

नेपालमा यो वर्षको मनसुन भित्रिएको छ।  यसपालि मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएको हो। गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बढुवा भएका ११ डिआइजीको पदस्थापन, को कहाँ?

प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा भएका ११ जना डिआइजीहरूको पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार ११ जना डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्री विष्णु पाैडेलका दश बुँजे बजेट ‘हाईलाइट्स’

‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक छ। आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ। होटेल, रिर्सोट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ। आगामी आर्थिक वर्ष २०८२।८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको रोकिएको अभियान फेरि सुरु हुँदै

नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ।  माओवादी केन्द्रको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे।  लमजुङबाट सुरु हुने अभियान जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सगरमाथालाई सफा राख्नुपर्छ: प्रधानमन्त्री

बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा बिहिबार सम्बोधन गर्दै ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहोरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अमेरिकामाथि अर्को आतंकवादी आक्रमण हुनसक्छ’

लाङ्लीले उनीहरूको उद्देश्यबारे प्रस्ट पार्दै भनेका छन् ‘उनीहरू पश्चिम अफ्रिकाको विशाल समुद्री तटसम्म पुगेर नयाँ आयस्रोतहरूको खोजी र अमेरिकालगायत विश्वभर नै आतंक फैलाउने रणनीति लिएर अघि बढेका छन्।’  आफूहरूले ती आतंकवादी गतिविधिहरूलाई नजिकैबाट शूक्ष्मरुपले नियालीरहेको बताउँदै पत्रकारहरूसँग लाङ्लीले भनेका छन् ‘उनीहरूले अमेरिकामाथि नै आक्रमण गर्नेगरी क्षमता विकास गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कर असुल्न’ छुट पाए ट्रम्पले

‘अमेरिकाको सुरक्षा, अमेरिकी जनताको चाहना र वैदेशिक नीति अनि आर्थिक नीति राजनीतिक अंगले तय गर्छन् वा देशको कार्यकारी प्रमुखले त्यसलाई कार्यान्वयन गर्नसक्छन् नकि कुनै अदालत वा कुनै अभियान्ताजस्ता न्यायाधीशहरूले…’ ह्वाइट हाउसले पुनरावेदन अदालतमा दिएको निवेदनमा भनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं केन्द्रित भए राजावादी, ‘राजा फर्काएरै’ छोड्ने

आज पनि उनीहरूले माइतीघरमा प्रदर्शन र नारा जुलुस गर्ने भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशभरिबाट आएकाहरूलाई काठमाडौंमै बस्नेगरी योजना बनाउनका लागि आह्वान गरेका थिए। त्यस्तै उनले राजधानीवासीलाई पनि साथ दिन अपिल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज कुन विदेशी मुद्राको विनिमयदर कति छ?

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर ९९ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ। सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारियो

काठमाडाैंकाे भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ गरिएको छ। नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएकाे हेा।  भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गणतन्त्र समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्छ– सभामुख घिमिरे

बिहीबार १८औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिनियाँ विद्यार्थीलाई ‘टार्गेट’ गर्दै ट्रम्प

त्यसलगत्तै अब अमेरिकी प्रशासनले विदेशी विद्यार्थीहरूको भिसासँगै उनीहरूको पृष्ठभूमिको चेकजाँच सुरु गरेको छ। यो अभियानमा खासगरी चिनियाँ नागरिकको भिसा र उनीहरूको पृष्ठभूमि चेकजाँचलाई कडा बनाइएको छ। विदेशमन्त्री मार्को रुबियोले खासगरी चिनियाँ विद्यार्थीहरूमाथि छानबिन सुरु भएको बताएका छन्। उनका अनुसार त्यस्ता विद्यार्थीहरू चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध छन् वा छैनन्, उनीहरू त्यसमा कति सक्रिय छन् भनेर छानिबिन हुनेछ। त्योसँगै अमेरिकामा रहेका हङकङका विद्यार्थीहरूबारेमा पनि छानबिन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मस्कले छोडे ट्रम्प प्रशासन

‘विशेष सरकारी कर्मचारीका रुपमा मेरा लागि तय भएको समय अब पूरा भएको छ। म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु किनकी उनले मलाई देशको फजुल खर्च कम गर्ने महत्वपूर्ण जिम्मेवारी दिएका थिए’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘डिओजीई एक मिसन हो। समयसँगै यो अझै मजवुत र प्रभावकारी हुँदै जानेछ र सरकार सञ्चालनमा यसको आदत पनि बस्दै जानेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्को आदेश, अब अमेरिकाले विद्यार्थी भिसा दिनेछैन

अब कुनै पनि दूतावासहरूले विद्यार्थीका लागि नयाँ भिसा आवेदन लिने छैनन्। पहिला नै भिसा एप्लाइ गरेका विद्यार्थीहरूको सामाजिक सञ्जालमाथि ब्यापक छानबिन भइरहेको पनि ट्रम्प प्रशासनले जनाएको छ। यसका कारण पहिला नै आवेदन दिइसकेकाहरूको पनि भिसा अनिश्चित हुनेछ। अहिलेका लागि भिसा आवेदन दिइसकेकाहरूको अन्तर्वार्ता पनि रोकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं