बर्खा लाग्याे सेलाए राजावादी, हृदयेन्द्र भने सक्रिय (भिडिओ रिपाेर्ट)
यसरी आन्दोलनले गति लिन नपाउँदै राजावादीहरू भने तितरबितर भएका छन्। राजा ल्याएरै छोड्ने घोषणा गरेका राजेन्द्र लिङ्देनले पनि अब बर्खा लागिसकेका कारण ठूलो आन्दोलन नहुने बताइसकेका छन्। उनले वर्खापछि उपयुक्त समयमा आन्दोलनको सुरुवात हुने बताएका छन्। यो बीचमा पूर्व राजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र भने चर्चासँगै सक्रिय पनि भइरहेका छन्। केही समयअघि ज्ञानेन्द्र आफैले हृदयेन्द्रलाई लिएर नारायणहिटी दरबार परिसरमा रहेको मन्दिरमा पूजा गरेका थिए। त्यसपछि उनी जेठ १९ गते आफ्ना दरबार हत्याकाण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्रलगायत परिवारको स्मरणमा कमलादीमा दीप प्रज्ज्वलनमा देखिए।
बिएल संवाददाता - काठमाडौं