रामकुमार परियार
संयुक्त अरब ईमिरेट्स (युएई) मा मध्यपुर्वकै पहिलो एवम् दक्षिण एसिया बाहिरको सबैभन्दा ठूलो हिन्दु मन्दिरको उद्घाटन हुँदैछ।
युएईको राजधानी अबुधाबीमा निर्मित भव्य हिन्दु मन्दिरको आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले उद्घाटन गर्न लागेका हुन।
२७ एकड जमिनमा फैलिएको स्वामी नारायणको भव्य मन्दिरको शिलान्यास २० अप्रिल २०१९ मा गरिएको थियो। सन २०१५ मा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको युएई भ्रमणका क्रममा युएईले अबुधाबीमा हिन्दु मन्दिर निर्माण गर्न जमिन दिने घोषणा गरेको थियो। अबुधाबीको मुख्य शहरबाट झन्डै ५० किलोमीटरको दुरिमा रहेको मन्दिरको निर्माण बाप्स स्वामिनारायण संस्थाले गरेको हो।
युएईको ७ राज्यको प्रतीक स्वरुप ७ शिखर र ४१० स्तम्भ रहेको पिरामिड शैलिको यस मन्दिरको उचाई १०८ फिट , लम्बाई २६२ फिट र चौडाई १८० फिट रहेको छ। ईस्लामिक देशमा हिन्दु संस्कृतिप्रतिको सहिष्णुता र सम्मानको प्रतिकको रूपमा निर्माण गरिएको यस मन्दिरको संरचना १३.५ एकडमा निर्माण गरिएको छ भने १३.५ एकड जमिनमा पार्किङ सहित अन्य संरचना निर्माण गरिएको छ। मन्दिरको बाहिरी तहमा 'पिंक राजस्थान मार्वल' प्रयोग गरिएको छ भने भित्री तहमा 'ईटालियन व्हाईट मार्वल' को प्रयोग गरिएको छ।
फलाम , आल्मुनियम लगायतका धातुहरुको प्रयोग नगरी निर्माण गरिएको मन्दिरमा भारतिय शिल्पकारहरुले निर्माण गरेका विभिन्न स्वरुप र आकृतिका कलाहरु देख्न पाईन्छ। ४ वर्षमा निर्माण पूरा गरिएको मन्दिर निर्माणमा ४ सय मिलियम दिराम खर्च भएको बताईएको छ।
मन्दिर परिसर भित्र हिन्दु धर्मावलम्बीका विभिन्न संस्कारहरु सञ्चालन गर्न छुट्टै हलको समेत निर्माण गरिएको छ। जहाँ जन्मदेखि मृत्युसम्मका सम्पुर्ण हिन्दु संस्कारहरु गर्न सकिनेछ। स्वामिनारायण संस्थाका महन्थले सन १९९७ मै युएईमा हिन्दु मन्दिर निर्माण गर्ने परिकल्पना गरेको बताईएको छ।
आज साँझ भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको विशेष उपस्थितिमा मन्दिरको उद्घाटन गरिनेछ भने १८ फेब्रुअरी देखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला रहनेछ। आगामी मार्च १ देखि भने सबैका लागी मन्दिर खोलिने बताईएको छ।
मन्दिर उद्घाटन समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र हिजै युएई आईपुगेका छन् भने संसारभरबाट हिन्दु धर्म गुरुहरु भेला भएका छन्।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया