बिएल संवाददाता
डोल्पा सदरमुकाम दुनैमा रहेको जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन्। प्रहरीका अनुसार उनिहरू शुक्रबार राति भागेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिल राज गिरीसहितको प्रहरी टोलीले अहिले त्यहाँको अनुसन्धान गरिरहेको छ।
गिरीका अनुसार उनिहरू कारागारभित्र सुरुङ बनाएको भागेको देखिन्छ।
‘हामीले अनुसन्धान गरिरहेका छौं। अहिले सुरुङ खनेर ८ जना भागेको भन्नेसम्म हो। त्यो केकसरी भयो भन्ने हामीले विस्तृत अनुसन्धान गरिरहेका छौं। सबै विवरण पछि आउला’ उनलेका छन्।
जिल्ला प्रहरी कार्यलयले फरार भएका कैदीहरू खोज्नका लागि प्रहरीटोलीसमेत परिचालन गरेको जनाएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका छन् । फरार हुनेमा पुर्पक्षका लागि थुनामा रहेका दुई जना र कैद सजाय भोगिरहेका छ जना रहेका छन् ।
भेरी नदीको किनारमा रहेको कारागारबाट कैदीहरू सुरुङ खनेर भागेपछि सुरक्षा निकायले उनीहरूको खोजी कार्य सुरु गरेको छ । कारागार रहेको क्षेत्र र भेरी नदीको बिचमा पुलसमेत रहेकाले फरार कैदीहरू कुन बाटो हुँदै बाहिरिए भन्ने विषयमा चासो बढेको छ।
एकै पटक आठ जना कैदी फरार भएपछि जिल्लाको सुरक्षा निकायलाई उनीहरूको खोजी तथा नियन्त्रणमा चुनौती थपिएको छ । फरार कैदीहरू कहाँ पुगेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन ।
प्रमुख जिल्ला अधिकारी हमालले आठ जना कैदी फरार भएको पुष्टि गर्दै उनीहरूको खोजी भइरहेको जानकारी दिइन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
कारागारभित्र सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री कसरी व्यवस्थापन गरियो, सुरुङ खन्ने गतिविधिबारे सुरक्षाकर्मीले किन थाहा पाएनन् र कैदीहरू कसरी कारागारबाट बाहिरिन सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
कारागारमा १७ जना कैदी बन्दी रहेको अवस्थामा आठ जना एकै पटक फरार हुनुले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले फरार कैदीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया