शनिबार, १४ नोभेम्बर २०२६

एमालेसँग चुनावी प्रतिष्पर्धामा आउन रास्वपालाई महेश बस्नेतको चुनौती

News Image
फाइल तस्बिर
• • •

नेकपा एमालेका सचिव महेश बस्नेतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनावी प्रतिष्पर्धामा आउन चुनौती दिएका छन्।

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गरे।

नेता बस्नेतले बालेन शाह चाउचाउको कुपनमा चिठ्ठा परेर प्रधानमन्त्री बनेको टिप्पणी गर्दै उनीसँगै रवि तथा आफूलाई वैकल्पिक शक्ति दाबी गर्नेहरूलाई एमालेसँग चुनावी प्रतिस्पर्धामा आउन चुनौती दिए।

एमालेले विगतमा विकास निर्माण र समृद्धिका क्षेत्रमा गरेको कामलाई कुनै पनि वैकल्पिक शक्तिले चुनौती दिन नसक्ने दाबी गरे।

‘यो नौ महिने कार्यकाल बालेनको असफल कार्यकाल हो। यो अधिनायकवादतर्फको यात्रा हो, निरंकुशतातर्फको यात्रा हो र प्रतिशोधतर्फको यात्रा हो,’ उनले भने।

आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा एमालेले विगतमा पार्टीले गरेका विकास निर्माणका काम र आफ्ना राजनीतिक एजेन्डा लिएर जनतामाझ जाने तथा निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्य लिएको उनले बताए।

त्यस्तै सरकारका जनविरोधी गतिविधिविरुद्ध अन्य विचार मिल्ने दल वा शक्तिहरूसँग चुनावी कार्यगत एकता र सहकार्य गरी संयुक्त आन्दोलन गर्ने बस्नेतले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!