बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजालाई राजनिति गर्न मन लागेको भए पाटी खोल्न सुझाव दिएका छन।
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए।
यद्यपि जबरर्जस्ती गर्न खोजियो भने जनतालाइ सैह्य नहुने उनले धारण राखे। यसअघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार उल्टो-उल्टो गर्दै हिडेको टिप्पणी गरेका छन। देशको लागि राम्रो नभएको उनको भनाइ छ।
एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्री राम सुगर मिल संचालनमा ल्याउनु पर्ने र यसका लागि आफू र आफ्न्नो पार्टी तयार रहेको बताए।
प्रचण्डसहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका हन्। मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तर्क्रिया गरेका छन्। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो।
यो अभियानका टोली गएराति गरूडामा नै बास बसेको नेकपा माओवादी केन्द्र रौतहटले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया