बिएल संवाददाता
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ ।
पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो ।
देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।
उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने छ भने काठमाडौं उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ ।
पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दाहरूसँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ कांग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको महामन्त्री संग्रौलाले जानकारी दिइन् ।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया