बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डबारे थप अनुसन्धान भइरहेको दाबी गरेका छन्।
भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन्।
उनले आफू गृहमन्त्री भएर आउने बित्तिकै निर्मला पन्तको हत्याकाण्डबारे गहिरो ढंगले थप अनुसन्धान गर्न निर्देशन दिएको दाबी गरे।
‘यो मानवता विरुद्धको जघन्य अपराध हो, यो घटनाका दोषीहरूलाई सजाय नभएसम्म निर्मलाप्रति न्याय हुन सक्दैन। मैले गृहमन्त्री भएर आइसकेपछि थप अनुसन्धान गर्न निर्देशन गरिसकेको छु र अनुसन्धान जारी छ।’
उनले निर्मला पन्तको घटना लगायत महिलामाथि हुने यस्ता प्रकारका घटनाहरूका विषयमा सरकार गम्भीर भएको बताए। निर्मला हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको र घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको लेखकले दाबी गरे।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया