बिएल संवाददाता
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिरहेको बताएका छन्।
शनिबार पर्सामा आयोजित कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरू आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेको बताएका हुन्।
उनले भने, ‘अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिराखेको छ। मुलुकमा प्रजातन्त्र ल्याएँ, लोकतन्त्र ल्याएँ, गणतन्त्र ल्याएँ भन्नेहरू आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेका छन्। उनीहरू देशभित्रै रोजगारी सिर्जना गर्ने, देशभित्रै युवाहरूले गरिखाने वातावरणको निर्माण गर्ने दिशामा होइन देशका उद्योग धन्दाहरू समेत बन्द गरेर कमिशन खाने र युवाहरूलाई विदेश जान बाध्य बनाउने काममा निरन्तर लागिरहेका छन्।’
साथै उनले आज देशको जति राजश्व छ, जति आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुग्न नसकेको बताए। उनले कर्मचारीहरूलाई तलब खुवाउनकै लागि विदेशीहरूबाट ऋण लिनुपरेको अवस्था रहेको बताए।
उनले भने, ‘नेपाली जनताले र राजा स्वयंले पनि आज भन्दा झण्डै दुई दशक अगाडि देशको भलो हुन्छ होला, देशको प्रगति हुन्छ होला, जनताले सुख पाउने र समृद्धि पाउने दिन आउँछ होला भनेर दलहरूलाई देश जिम्मा लगाएका थिए। तर देश कुन अवस्थाबाट अगाडि बढिराखेको छ? आज देश देशको जति राजश्व छ, आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिनसमेत पुगिरहेको अवस्था छैन। तलब खुवाउनैकै लागि विदेशिहरूबाट ऋण लिनुपरेको अवस्था छ।’
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले देशमा अहिलेको सत्तामा रहेकाहरूले शिक्षा, स्वास्थ्य, कृषि सबै ध्वस्त पारिसकेको बताए। उनले सत्तामा बसेकाहरूले देशलाई अगाडि बढाउनुको साटो जातजातमा, धर्मधर्ममा फाइट र काटमार हुने वातावरण सिर्जना गरिरहेको बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया